दरबार मार्गमा नारा लगाउने बालेन समर्थक फरार अभियुक्त !

काठमाण्डु टुडे २०८१ असोज ४ गते ११:१९ मा प्रकाशित

काठमाण्डु, ४ असोज– संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा बिहीबार राजधानीको दरबारमार्गमा अयोजित ‘नेशनल कन्सर्ट डे’ कार्यक्रमबाट पक्राउ परेका एक व्यक्ति फरार अभियुक्त रहेको खुलेको छ ।

कार्यक्रममा धकेलाधकेल भएपछि प्रहरीले तीन युवालाई पक्राउ गरेको थियो पक्राउ पर्नेमध्ये मष्ट गाउँपालिका–३ बझाङका १९ वर्षीय तिलक खड्का फरार अभियुक्त रहेको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिए ।

खड्काले तीन महिनाअघि त्रिचन्द्र क्याम्पसका विद्यार्थी प्रवेश लामामाथि चक्कु प्रहार गरेका थिए । दरबार मार्ग प्रहरीले खड्काविरुद्ध त्यतिबेलै ज्यान मार्ने उद्योगमा मुद्धा चलाएको थियो ।

प्रधानमन्त्री केपी ओली सहभागी भएको नेशनल डे कन्सर्टमा केही युवाले काठमाण्डु महानगर प्रमुख बालेन्द्र साह (बालेन) को पक्षमा नाराबाजी गरेका थिए । खड्का त्यसमध्येका एक हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us