काठमाण्डु, ४ असोज– नेपाल पत्रकार महासंघको निर्वाचन कार्यक्रम स्थगित भएको छ ।
केन्द्रीय निर्वाचन समितिले शुक्रबार वज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि निर्वाचनका सबै कार्यक्रम स्थगित भएको जनाएको छ ।
यद्यपि समितिले तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न आफू प्रतबिद्धरहेको उल्लेख गरेको छ ।
पूर्वघोषित कार्यक्रमअनुसार आज शुक्रबार उम्मेदवारको मनोनयन दर्ताको समय थियो । उम्मेदवारी दर्ताको अन्तिम समयमा आएर स्थगन भएपछि महासंघको निर्वाचन अनिश्चित भएको छ ।
महासंघको नयाँ नेतृत्व चयनका लागि आगामी १२ असोजमा निर्वाचन मिति तय गरिएको थियो ।
कार्यबाहक अध्यक्ष रमेश विष्टले अर्को निर्णय नभएसम्मका लागि निर्वाचन कार्यक्रम स्थगन गर्न केन्द्रीय निर्वाचन समितिलाई निर्देशन दिएका दिए ।
समयमै निर्वाचन गराउन नसकेका कारण नैतिक जिम्मेवारी लिँदै अध्यक्ष बिपुल पोखरेलले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् ।