ओली समर्थकद्वारा दरबारमार्गमा कुटिए बालेन समर्थक

काठमाण्डु टुडे २०८१ असोज ३ गते २०:०१ मा प्रकाशित

काठमाण्डु, ३ असोज- काठमाण्डुको दरबारमार्गमा प्रधानमन्त्री केपी ओली समर्थकले काठमाण्डु महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) समर्थक कुटिएका छन् ।                                            संविधान दिवसका दिन बिहीबार नागरिकको नाममा एमाले कार्यकर्ताले आयेजना गर्को नेशनल डे कन्सर्ट कार्यक्रममा एक युवाले बालेनको पक्षमा नारा लगाएका थिए । त्यसपछि ती युवालाई ओली समर्थक युवाहरुको समूहले कुटपिट गरेको थियो । प्रहरीले कुटपिटमा संलग्नलाई पक्राउ गरेको छैन । कुटपिट व्यक्तिहरूको पहिचान नखुलेको काडमाण्डु प्रहरी परिसरका प्रमुख एसएसपी वसन्त रजौरेले बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us