काठमाण्डुको आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी

काठमाण्डु टुडे २०८१ असोज ३ गते १३:३५ मा प्रकाशित

काठमाण्डु, ३ असोज– काठमाण्डु महानगरपालिका–१ स्थित आनन्द भैरव मार्गमा ९ लाख रुपैयाँको धनमाल चोरी भएको खुलेको छ ।

काठमाण्डु महानगरपालिका–१ आनन्द भैरव मार्गस्थित हिमाल हस्पिटल नजिक डेरा गरी बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–५ घर भएका ३५ वर्षीय सुरेश परियारको कोठाबाट गरगहना, नगद र अरु सामान चोरी भएको प्रहरीले जानकारी दिएको छ ।

कोही नभएको अवस्थामा ढोकाको ताला फोडेर सुन तथा चाँदीका विभिन्न गरगहना र नगद ५० हजार रुपैयाँ गरी करिब ९ लाख २१ हजार रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको प्रहरीले जनाएको छ । चोरीमा संलग्नहरु भने फरार भएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us