काठमाण्डु, २ असोज– गृह मन्त्रालयले ३६ जना उपसचिवको सरुवा गरेको छ ।
जसमा १२ जना प्रमुख जिल्ला अधिकारी छन् । गृहले रामेछापमा राजुप्रसाद पौडेल, डोल्पामा रोमबहादुर महत, बझाङमा ओमप्रसाद भट्टराई, बाजुरामा मेघनाथ पाध्या, मनाङमा मात्रिका आचार्य र मुगुमा कमलप्रसाद पाण्डेलाई प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिएको छ ।
यस्तै रुकुम पूर्वमा रुद्रप्रसाद न्यौपाने, दैलेखमा नवराज जैसी, हुम्लामा नारायण पाण्डेय, मुस्ताङमा विष्णुप्रसाद भुसाल, रसुवामा अर्जुन पौडेल, जुम्लामा रामबहादुर शाहीलाई प्रमुख जिल्ला अधिकारी तोकिएको छ ।
गृहले १२ सहायक प्रमुख जिल्ला अधिकारीको पनि सरुवा गरेको छ । मोरङमा विनोदकुमार पोखरेल, सुर्खेतमा टोपेन्द्रबहादुर केसी, गोरखामा सुवासकुमार लामिछाने, ओखलढुंगामा वेदनिधि खनाल, बाँकेमा खडानन्द खत्री, तनहुँमा जीतबहादुर भण्डारी, अर्घाखाँचीमा लालबहादुर गुरुङ, पर्सामा सुमनकुमार कार्की, जाजरकोटमा बन्दना केसी, मकवानपुरमा धोलकराज ढकाल, सुनसरीमा लोकमान श्रेष्ठ र सल्यानमा ज्ञाननाथ ढकाललाई सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ ।