प्रदेश खारेजी र स्थानीय तहको संख्या ५ सयभन्दा कम गर्न रवि लामिछानेको प्रस्ताव

काठमाण्डु टुडे २०८१ असोज २ गते २०:१९ मा प्रकाशित

काठमाण्डु, २ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले स्थानीय तहको संख्या ७ सय ५३ बाट घटाएर ५ सय मुनि राख्न प्रस्ताव गरेका छन् ।

मंगलबारबाट सुरू भएको राष्ट्रिय भेलाको बुधबार अन्तिम दिन राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै लामिछानेले स्थानीय तहको संख्या घटाउन प्रस्ताव गरेका हुन् । लामिछानेले प्रदेशसभा खारेजीको प्रस्ताव पनि अघि सारेका छन् ।

प्रदेश खारेज गरी स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई विधायिकी अधिकार दिने व्यवस्था गर्नुपर्ने प्रस्ताव उनको छ । यस्तै विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसहित पाँचवटा प्रदेश मन्त्रालय रहने व्यवस्था हुनुपर्ने उनले बताए ।

बहुआयामिक पहिचान झल्कने सात प्रदेश, बलियो संघीय सरकार तथा विस्तारित स्थानीय पालिकाबीच छरितो प्रादेशिक तहबारे बहस सुरू गर्ने प्रस्ताव उनले राखे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us