कोशी प्रदेशका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत

काठमाण्डु टुडे २०८१ असोज २ गते १७:१५ मा प्रकाशित

काठमाण्डु, २ असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले दोस्रो पटक पनि विश्वासको मत प्रप्त गरेका छन । आज बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत परेको छ भने विपक्षमा १५ मत परेको थियो ।

प्रदेश सभामा ८३ सांसद उपस्थित थिए । नेकपा एकीकृत समाजवादी भने मत विभाजनको प्रक्रियामा सहभागी नै भएनन् । गत २०८१ वैशाख २७ गते सरकार गठन भएपछि उनले पहिलो पटक वैशाख ३१ गते विश्वासको मत लिएका थिए ।

पहिलो पटक मुख्यमन्त्री बन्दा पनि उनले दुई पटक विश्वासको मत लिएका थिए । उनी मुख्यमन्त्री बनेको १२९ दिनमा उनले पुनः विश्वासको मत लिनु परेको हो ।

गत भदौ १४ गते माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएपछि उनले विश्वासको मत लिएका हुन् । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिए ३० दिनभित्र विश्वासको मत दिनुपर्ने संवैधानिक व्यवस्था छ । सोही व्यवस्था अनुसार मुख्यमन्त्री कार्कीले बुधबार विश्वासको मत लिएका हुन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us