काठमाण्डु, २ असोज– माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले कोशी प्रदेशका मुख्यमन्त्रीको पक्ष र विपक्ष दुवैमा मतदान नगर्ने जनाएको छ । मुख्यमन्त्रीले विश्वासको मत मागेपछि दलका नेता राजेन्द्र राईले पक्ष र विपक्ष दुवै तर्फ नउभिने बताएका छन ।
उनले तटस्थ बस्ने पनि बताएका छन । उनले भने, ‘खास समर्थन गर्न पर्दैन,‘ तर पनि यो भन्द अघि दिएको थियौ, केन्द्रमा गठबन्धन भयो अनि समर्थन गरियो भन्ने तर्क होइन, काम गर्ने संको सुविधा समय पनि दिनुपर्नेकोले, ‘अहिले हामी पक्षमा हाल्न सक्ने रहेन्, विपक्षमा पनि हाल्दैनों, हामी नो भोटमा जादै केही काम अझै पनि हेर्छौं, अहिले हामी साविकको प्रतिपक्षमा जस्तै प्रतिपक्षमा बस्छौं ।’
केन्द्रको निर्देशन नभई प्रदेशको आफ्नो मौलिक निर्णय गर्ने बताउँदै उनले भने,‘ हामी नो भोटमा जान्छौं ।’