कोशीका मुख्यमन्त्रीले मागे विश्वासको मत

काठमाण्डु टुडे २०८१ असोज २ गते १५:४८ मा प्रकाशित

काठमाण्डु, २ असोज– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत मागेका छन् । बुधबार बसेको प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत मागेका हुन् ।

प्रदेश सभाको बैठकमा बोल्दै उनले भने, ‘मेरो नेतृत्वमा कोशी प्रदेश सरकार गठन भएयता केही सकारात्मक सन्देश प्रवाह गर्ने गरी अघि बढ्ने प्रयत्न सरकारले गरिरहेको छ, ‘प्रदेशमा आशाको सञ्चार सिर्जना गरेको छ ।’

माओवादी केन्द्रले सरकार छाडेपछि कार्कीले विश्वासको मत लिन लागेका हुन् । कोशी प्रदेशसभामा सत्तारुढ कांग्रेस र एमालेको स्पष्ट बहुमत छ । कांग्रेस, एमाले गठबन्धन बनेपछि नै कार्कीले दोस्रो पटक विश्वासको मत लिएका हुन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us