बझाङ, २ असेज- बझाङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार बिहान १० बजेर ८ मिनेटमा खप्तडछान्ना गाउँपालिका-३ माझिगाउँ आसपास केन्द्रबिन्दु बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ । यसअघि पनि मष्टा गाउँपालिकाको मासदेव मन्दिर र खप्तडछान्नाकै गडराय केन्द्र बनाएर भूकम्प गएको थियो ।