काठमाण्डु, २ असोज– काठमाण्डुको दरबारमार्ग क्षेत्रमा सवारी आवागनमा रोक लगाइएको छ ।
सो क्षेत्रमा संविधान दिवसका अवसरमा बिहीबार ‘नेशनल डे कन्सर्ट’ अयोजना गरिएको छ ।
नागरिक स्तरबाट हुन लागेको उक्त कार्यक्रमका लागि स्टेज निर्माण भइरहेकाले दरबारमार्ग क्षेत्रमा सवारी आउजाउमा रोक लगाइएको उपत्यका टयका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार दरबारमार्ग क्षेत्र आउने सवारी साधनलाई डाइभर्सन गरिएको छ । केशरमहल चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनलाई जमल, जयनेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनलाई कृष्णपाउरोटी चोक तथा महेन्द्रशालिकतर्फबाट दक्षिणगेट जाने सवारी साधनलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।