खोलाले बगाएर बेपत्ता तिर्थयात्री मृत फेला

काठमाण्डु टुडे २०८१ असोज १ गते १९:३० मा प्रकाशित

विदुर, १ असोज– नुवाकोटको दुप्चेश्वर गाउँपालिका–६ स्थित दुप्चेश्वर महादेव मन्दिर दर्शन गएका बेला खोलाले बगाएर बेपत्ता तीर्थयात्रीको शव फेला परेको छ ।

मन्दिर परिसरमा रहेको सूर्यमती (तादी) खोलामा नुहाउने क्रममा सूर्यगढी गाउँपालिका–३ की ७२ वर्षीया हिमकुमारी अधिकारीलाई सोमबार खोलाले बगाएको थियो ।

नुवाकोट प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले स्थानीयको सहयोगमा सुरक्षाकर्मी टोलीले दुप्चेश्वर–६ स्थित गोडापुलस्थित तादी खोलामा अधिकारीको शव फेला पारेको जानकारी दिए ।

मन्दिर दर्शनका लागि परिवारसहित काठमाण्डुबाट दुप्चेश्वर आएका बेला अधिकारीलाई खोलाले बगाएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us