
काठमाण्डु, १ असोज– प्रहरीले सामाजिक सञ्जाल मार्फत समाजमा अराजक गतिविधि फैल्याउने कार्यमा संलग्न रहेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरगन्ज महानगरपालिका–१५ लक्ष्मणवा बस्ने २१ वर्षीय ओम कुमार पटेल रहेका छन ।
पटेललाई मंगलबार प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ । पटेलले फेसबुक, टिकटक, इन्स्ट्राग्राम, ट्विटर, वाह्टस्एप, म्यासेन्जरमा किंग अफ पर्सा भन्ने आईडी मार्फत अपशब्द प्रयोग गर्ने, गाली गर्ने, हातहतियारको प्रदर्शन गरी डर त्रास सृजना गर्ने, अराजक गतिविधि गरी समाजमा द्वन्द्वको सिर्जना गर्ने जस्ता असामाजिक र अनैतिक क्रियाकलापमा संलग्न पटेललाई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगन्ज महानगरपालिका–१५ प्रतिमाचोक नजिकबाट पक्राउ गरीएको प्रहरीले जानकारी दिएको छ ।
उनीविरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसूरमा थप अनुसन्धान गर्नुको साथै यस्ता गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको समेत खोजी कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ ।