
काठमाण्डु, १ असोज– संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डेले सरकारले पर्यटन नीतिमा समसामयिक परिवर्तन गर्ने बताएका छन ।
आज (मंगलबार) नेपाल पर्वतारोहण संघले काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री पाण्डेले यस्तो बताएका हुन । उनले संस्कृति नीति, पर्यटन नीति, र हवाई सम्बन्धी नीतिमा सामयिक परिवर्तन गर्ने कुरालाई जोड दिएर आफूले छलफललाई अघि बढाएको पनि बताएका छन ।
उनले पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी पर्वतारोहण क्षेत्रलाई गतिशील बनाउन पनि आफू लागि परेको पनि बताएका छन । मन्त्री पाण्डेले आगामी हिउँदे अधिवेशनमा पर्यटन क्षेत्रले कानुनी राज्यलाई स्थापित गराउने गरी कानुन निर्माणको कामलाई अघि बढाउने योजना रहेको पनि बताएका छन ।
मन्त्री पाण्डेले उड्डयनको क्षेत्रमा नियामक निकाय र सेवा प्रदायक निकाय छुट्टाछुट्टै बनाउने गरी कानुन निर्माणको कामलाई अघि बढाएको पनि बताएका छन ।