रास्वपा कर्णाली प्रदेशको रिपोर्ट– पार्टीले आकार लिन सकेन

काठमाण्डु टुडे २०८१ असोज १ गते १४:३६ मा प्रकाशित

काठमाण्डु, १ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेलामा कर्णाली प्रदेशको रिपोर्ट पेस गरेको छ । प्रदेश सभापति मदन खड्काले प्रदेशको समग्र रिपोर्ट पेस गरेका छन ।

सो क्रममा उनले कर्णाली प्रदेशमा पार्टीले आकार लिन नसकेको स्विकार गरेका छन । भूगोलको कठिनाइले सङ्गठन विस्तारमा गाह्रो भएको हो ।

पुराना दलले जनतामा पार्टीलाई लिएर अनेक भ्रम छरेको कारण सङ्गठन बिस्तारमा सकस भएको उनको दाबी छ । कर्णाली प्रदेशमा ३ हजार बढी सदस्य बनेको उनले बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us