बालेनका समर्थक बसन्तपुरबाट प्रहरी नियन्त्रणमा

काठमाण्डु टुडे २०८१ असोज १ गते १४:२६ मा प्रकाशित

काठमाण्डु, १ असोज– आज मंगलबार इन्द्रजात्राको अवसरमा काठमाण्डु महानगरपालिकाका मेयर बालेन शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

बालेनको टिसर्ट लगाएका १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर अहिले प्रहरी वृत्त जनसेवामा राखेको प्रहरीले जानकारी दिएको छ । उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरी परिसरमा राखिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसएसपी वसन्त रजौरेले जानकारी दिए ।

उनले भने, ‘उहाँहरु सँगै केही स्थानीयको विवाद भएपछि झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको हो ।’ जात्रामा सभ्य भएर मनाउनुपर्नेमा कोही–कसैको पक्षमा नाराबाजी हुल–हुज्जत गर्न नहुने भन्दै उनीहरुलाई नियन्त्रणमा लिएको प्रहरीले बताएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us