राजेन्द्र महतोद्वारा पार्टी घोषणा

काठमाण्डु टुडे २०८१ असोज १ गते १४:१० मा प्रकाशित

काठमाण्डु, १ असोज– राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले मंगलबार विधिवतरुपमा पार्टीको घोषणा गरेका छन । राष्ट्रिय मुक्ति क्रान्तिको विस्तारित बैठकबाट महतोले पार्टीको नाम ‘राष्ट्रिय मुक्ति क्रान्ति नेपाल’ रहने घोषणा गरे ।

पार्टीको अध्यक्ष महतो नै रहने निर्णय भएको छ । महतोका अनुसार कात्तिक पहिलो साता पार्टी निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरीएको छ । लोसपा नेपालबाट अलग भएर महतोले गत फागुनमा राष्ट्रिय मुक्ति क्रान्ति गठन गरेर विभिन्न अभियान चलाएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us