इलाममा हाम्लाई खुच्चिङ, तर टाउको लुकाउनु पर्ने छैन: रवि लामिछाने

काठमाण्डु टुडे २०८१ असोज १ गते १३:३० मा प्रकाशित

काठमाण्डु, १ असोज– पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले इलामको उपनिर्वाचनले पाठ सिकाएको स्विकार गरेका छन ।

आज मंगलबारदेखि काठमाण्डुमा सुरु भएको पार्टीको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै सभापति लामिछानेले यस्तो बताएका हुन । उनले इलाममा रास्वपालाई खुच्चिङ भएको बताए । सभापति लामिछानेले भने, ‘इलाममा जे भयो त्यसका लागि सबैभन्दा धेरै ठूलो खुच्चिङ मलाई । बाँकी खुच्चिङ तपाईंहरूलाई ।

खुच्चिङ भयो हाम्लाई, ‘घण्टी बजाएपछि त स्योर जितिन्छ भन्ने लाग्या थ्यो हाम्लाई हैन । हाम्रो खुट्टा भुईंमा थ्यो र रु थिएन नि १ खुच्चिङ हाम्लाई । इलाममा भएको यही हो ।’

उनले इलामको उपनिर्वाचनबारे यत्ति आत्मसमीक्षा गर्दा कसैले पिर मान्न नपर्नेपनि बताएका छन । उनले हारेको कुरा स्वीकार गर्नुपर्ने बताएका छन ।

रणनीति नबनाएर चुनावी दौडमामात्रै लागेकोले पराजित भएको उनले बताए । उनले संगठन मजबुद बनाउन नसक्नु र एक–अर्काको अस्तित्वलाई विचार गर्न नसक्नु पनि हारको कारण भएको पनि बताएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us