
काठमाण्डु, १ असोज– प्रहरीले बैंकिङ कसुर मुद्दाका एक जना फरार प्रतिवादीलाई काठमाण्डुको सुन्धाराबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर–११ घर भएर काठमाण्डु बस्ने धिरबहादुर शाही रहेको प्रहरीले जानकारी दिएको छ ।
४१ वर्षीय शाहीबिरुद्ध कालिकोट जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले जानकारी दिएका छन ।
कालिकोट खाँडाचक्र नगरपालिका–११ घर भएका शाही २०८१ जेठ २८ मा पक्राउ पुर्जी जारी भएसँगै फरार थिए । उनलाई कानुनी कारबाही गर्न अपराध अनुसन्धान कार्यालयले कालिकोटमा पठाएको छ ।