भोटेकोसीमा बलेरो खस्दा बेपत्ता भएका चालकको शव फेला

काठमाण्डु टुडे २०८१ असोज १ गते १२:४६ मा प्रकाशित

काठमाण्डु, १ असोज– गत भदौ २८ गते सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–६ ढुंगाखानी स्थित भोटेकोसी नदीमा बलेरो गाडी खसेर बेपत्ता चालकको शव भेटिएको छ ।

सिन्धुपाल्चोकको भोटेकोसी– ५ बस्ने अन्दाजी ३५ वर्षीय सानु तामाङको शव सोमबार गोताखोर टोलीले फिक्कल गाउँपालिका–६ सोखुखोला स्थित सुनकोसी नदीमा फेला पारेको प्रहरीले जानकारी दिएको छ ।

तामाङका परिवारले शवको सनाखत गरेपछि पोस्टमार्टमको लागि धुलिखेल अस्पताल लगिएको पनि प्रहरीले जानकारी दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us