रवि लामिछानेलाई पहिला कांक्रा चोरिस भनियो, अहिले अरुले चोरेको कांक्राको एक चिरा खाइस् भन्न थालिएको छः शिशिर खनाल

काठमाण्डु टुडे २०८१ असोज १ गते १२:३० मा प्रकाशित

काठमाण्डु, १ असेज-  राष्ट्रिय स्वतन्त्र पार्टीका नेता एवं सांसद  शिशिर खनालले संसदीय छानबिन समितिले गरेको छानबिनमा पार्टी सभापति रवि लाछिानेको सहकारीको बचत अपचलनमा संलग्नता नभेटिएको बताएका छन् ।

पार्टीको राजधानीमा मंगलबारदेखि सुरु राष्ट्रिय भेलामा बोल्दै खनालले सबै राज्य संयन्त्र प्रयोग गरेर छानबिन गर्दा पनि सहकारी ठगीमा लामिछानेको संलग्नता पुष्टि हुने आधार नभेटिएको बताए । समितिले लामिछानेले सहकारीको बचत अपचलनमा संलग्नता नरहेको स्पष्ट गर्दासमेत सन्चार माध्यममा गलत समाचार आउन नरोकिएको बताए ।

‘सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न छोडिएन । संसदसमेत अवरूद्ध गरियो र संसदीय छानबिन समिति बनाइयो । समितिमार्फत् राज्यको सबै संयन्त्र प्रयोग गरेर खोजी गर्दा पनि उहाँको संलग्नता भेटिएन, कागज र प्रमाण पुगेन । तर, अपव्याख्या गर्न थालिएको छ,’ उनले भने, ‘पहिला काँक्रो चोरेको तँ होस् भनेर आरोप लगाइयो । काँक्रो अरूले नै चोरेको रहेछ । ल्याइएको काँक्रो अरूले काटेपछि तैंले पनि एक टुक्रा खाइछस् भन्नु कत्ति न्यायोचित हो ? प्रचारचाहिँ यही रूपमा गराइँदैछ’, खनालले भने ।

गोर्खा मिडियामा सहकारीबाट पैसा आएको पुस्टि भए पनि त्यसमा लामिछानेको संलग्नता नदेखिएको स्पस्ट गरे । पैसा आएपछि गोर्खा मिडियाले खर्च गर्दा लामिछाने सहितले कैफियत गरेका भए सरकारले कारबाही गरोस् भनेर समितिले सिफारिस गरेको उनको भनाइ छ ।

सरकारले सहकारी कानूनोअनुसार नभई कम्पनी कानूनअनुसार गोर्खा मिडियाले गरेको खर्चबारे अनुसन्धान गर्न सक्ने बताए । समितिले कार्यादेश पाएका सहकारीबाट ८७ अर्ब अपचलन भएको  पाइएको भन्दै उनले रास्वपाले अपचलन गर्नेको खोजी र उनीहरुलाई कारबाहीका लागि दबाब दिन खनालले जनाए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us