
काठमाण्डु, १ असोज– रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने निर्दोष साबित भएको दाबी गरेका छन ।
आज मंगलबारबाट काठमाण्डुमा सुरु भएको पार्टीको राष्ट्रिय भेलामा बोल्दै नेता खनालले यस्तो बताएका हुन । उनले भने, ‘अब चोकमा, चिया पसलमा जाँदा शिर ठाडो पारेर मेरो सभापति रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस् । सहकारी छानबिन संसदीय समितिले सहकारी घोटालामा उहाँको कुनै भूमिका नरहेको प्रस्ट पारेको छ ।’
सहकारी छानबिन समितिको प्रतिवेदनबारे संक्षिप्त ब्रिफिङ गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न नछोडिएको उनले बताएका छन ।