म परस्त्रीसंग रंगेहात फेला परेको समाचार अपवाह होः सिके राउत

काठमाण्डु टुडे २०८१ असोज १ गते १२:०७ मा प्रकाशित

काठमाण्डु, १ असेज-  जनमत पार्टीका अघ्यक्ष सिके राउतले आफ्नो पारिवारिक विषयमा समाचारमार्फत तथ्यहीन अफबाह फैलाएको आरोपमा तीन जनाविरुद्ध उजुरी दिएका छन् ।                             राउतले शीर्ष खबर अनलाइनकी सम्पादक कल्पना दाहाल, दिनेश शर्मा, श्यामकुमार यादव र बैद्यनाथ यादवविरुद्ध काठमाण्डु जिल्ला अदालत, प्रेस काउन्सिल नेपाल र प्रहरीको साइबर ब्युरोमा उजुरी दिएका हुन् ।

राउतले पत्नी सोनी सिन्धु रानीले विगतमा सम्बन्ध विच्छेद मागे पनि हाल आएर सम्बन्ध विच्छेद नचाहेको बताए । राउतले आफ्नी पत्नीको मानशिक अवस्था ठीक नभएको उल्लेख गरेका थन् । यस्तै राउतले आफूले परस्त्रीसँग सम्बन्ध राखेको तथा पटकपटक रंगेहात फेला परेको भन्ने समाचार बनावटी र आफ्नो चरित्र हत्या गर्ने उद्घेश्यबाट आएको स्पस्ट गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us