सुरु भयो रास्वपाको राष्ट्रिय भेला (तस्बिरहरु)

काठमाण्डु टुडे २०८१ असोज १ गते ११:१५ मा प्रकाशित

काठमाण्डु, १ असोज– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय परिषद्को पहिलो राष्ट्रिय भेला मंगलबारदेखि राजधानीमा सुरू भएको छ । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित भेलाको सभापति रवि लामिछानेले घण्टी बजाएर उद्घाटन गरे । दुई  दिनसम्म चल्ने भेलामा १ हजार ५ सय बढी प्रतिनिधि सहभागी हुने कार्यबाहक प्रवक्ता मनिष झाले जानकारी दिए । राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्तावलगायत विषयमा छलफल हुनेछ । गत साउन १८ र १९ गते सम्पन्न बन्द कार्यशालाले असोजमा राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो । भेलाले महाधिवेशनको मितिसमेत तय गर्ने बताइएको छ । रास्वपाले आगामी ०८२ साल वैशाख तेस्रो साता पहिलो महाधिवेशन गर्ने घोषणा गरिसकेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us