राष्ट्रपतिद्वारा संसद्को चालु अधिवेशन अन्त्य

काठमाण्डु टुडे २०८१ भदौ ३१ गते १३:४८ मा प्रकाशित

काठमाण्डु, ३१ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को चालु अधिवेशन अन्त्यको घोषणा गरेका छन । आज सोमबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलले चालु अधिवेशन अन्त्यको घोषणा गरेका हुन ।

नेपालको संविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा संसद्को चालु अधिवेशन अन्त्य गरिएको राष्ट्रपति पौडेलद्धारा जारी गरीएको विज्ञप्तिमा उल्लेख गरीएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us