
काठमाण्डु, ३१ भदौ– हिजो आइतबार राति करिब साढे ८ बजेको समयमा रुद्रमतीमा खसेको ट्याक्सी आज सोमबार यूएन पार्कअगाडि भेटिएको छ ।
बा. २. ज.१७९२ नं. को ट्याक्सी हिजो काठमाण्डु महानगरपालिका–२९ मदन भण्डारी कलेजअगाडि रुद्रमतीमा खसेर बेपत्ता भएको थियो ।
सशस्त्र प्रहरी बल नेपाल नं. २० विपद् उद्धार गणबाट २ जना गोताखोरसहित खटिएको ११ जनाको टोलीले आज बिहान काठमाण्डु महानगरपालिका–११, थापाथलीस्थित यूएन पार्कअगाडि उक्त ट्याक्सी भेटिएको प्रहरीले जानकारी दिएको छ ।