
काठमाण्डु, ३१ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज सोमबारको प्रतिनिधि सभा बैठक सञ्चालन हुन दिने भएको छ । नेकपा माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्नेमा छौं ।
तर प्रधानमन्त्री विदेश भ्रमणमा जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौ ।’ माओवादीले आफ्नो कुरा राखेर संसद अवरोध हटाउने उनले जानकारी दिए । उनले भने, ‘हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौं’ ।