
काठमाण्डु, ३१ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले आज संसद बैठक चल्न दिने भएको छ । आज सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा माओवादीले बैठक चल्न दिने तयारी गरेको छ ।
बैठकमा आफुहरु हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा भएपनि प्रधानमन्त्रीलाई सदनमा बोल्न दिने विषयमा बाधा नगर्ने माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिएका छन ।
उनले भने, ‘हामी हिंसा शब्द हटाउनुपर्छ भन्ने पक्षमा छौं, तर प्रम विदेश जाने विषयमा सदनमा बोल्न बाधा गर्दैनौं । सभामुखको विरोधमा छैनौं । हामी आफ्ना कुरा राखेर अवरोध हटाउँछौँ ।’