
काठमाण्डु, ३१ भदौ– प्रहरीले काठमाण्डुको गोकर्णेश्वरबाट ६ जान जुवाडेहरुलाई पक्राउ गरेको छ । स्थानीय अन्जन श्रेष्ठको टहरामा सञ्चालित जुवा खालमा छापा मारेर आरोपीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाण्डुका एसपी नवराज अधिकारीले जानकारी दिएका छन ।
उनीहरुलाई गोकर्णेश्वर नगरपालिका–८ अत्तरखेलस्थित बुद्ध चोकबाट पक्राउ गरीउको प्रहरीले जानकारी दिएएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको पाँचपोखरी थाङपाल गाउँपालिका–३ घर भएर माकलबारी बस्ने ३० वर्षीय विनोद तामाङसहित ६ जना रहेको प्रहरीले जानकारी दिएको छ ।
घटनास्थलबाट प्रहरीले ६२ हजार ४ सय नगद र ३ बुक तास बरामद गरेको छ । घटनाबारे प्रहरीले अनुसन्धान भईरहेको पनि प्रहरीले जनाएको छ ।