काठमाण्डु ३० भदौ– नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आइतबार ५०.७३ अंकले घटेको छ । साताको कारोबारको पहिलो दिन नेप्से उक्त अंकले गिरावट आई २ हजार ६३७.७९ को बिन्दुमा झरेको हो ।
आज २ करोड ४८ लाख कित्ता सेयर किनबेच हुँदा १० अर्ब ३३ करोड भन्दा बढीको कारोबार भएको नेप्सेले जनाएको छ । नेप्से घटेको दिन ३ वटा कम्पनीको सेयरमा भने सकारात्मक सर्टिक लागेको छ ।
रिभर फल्स पावर, हिमालय हाइड्रो र रावा इनर्जी डेभलपमेन्टको सेयर १० प्रतिशतले बढेको हो । तर, २५६ कम्पनीको सेयर भने घाटामा कारोबार भएको छ ।
यसदिन १३ वटै उपसूचकहरु रातै भएको पनि नेप्सेले जनाएको छ । जसमा निर्विवन बिमा कम्पनीतर्फका कम्पनीको सेयरमा सबै भन्दा बढी गिरावट आएको पनि नेप्सेले जनाएको छ ।