
काठमाण्डु २९ भदौ– दुबईबाट काठमाडौं उडेको जहाज नेपाली आकाशमा प्रवेश गर्नेबित्तिकै डाइभर्ट भएको छ । आनज शनिबार दिउँसो २ः ४१ बजे नेपाली आकाशमा प्रवेश गरेको फ्लाई दुबईको कलसाइन स्काई दुबई ५३९ जहाज भारतको लखनऊ डाइभर्ट गरीएको हो ।
खराब मौसमका कारण जहाज डाइभर्ट भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका प्रवक्ता रिन्जी शेर्पाले जानकारी दिएका छन । उनले भने, ‘नेपाली आकाशमा प्रवेश गरेपछि मौसम खराबीका कारण डाइभर्ट गरिएको जानकारी प्राप्त भएको थियो ।’
लखनऊमा डाइभर्ट भएको जहाज मौसम अवलोकन गरी पुनः काठमाण्डु उड्ने समेत प्रवक्ता शेर्पाले जानकारी दिएका छन ।