
काठमाण्डु २९ भदौ– दलितका लागि संविधानमा उल्लेख भएका अधिकारहरूको पालना नभएको भन्दै आज शनिबार काठमाण्डुको माइतीघरमा अर्धनग्न जुलुस निकालिएको छ ।
वर्तमान सरकारमा समेत प्रतिनिधित्व नभएको भन्दै लामो समयदेखि प्रदर्शन गरिरहेका प्रदर्शनकारीले आज अर्धनग्न जुलुस निकालेका छन ।
करिब एक दर्जन प्रदर्शनकारीले माइतीघरदेखि बानेश्वरसम्म पुगेर प्रदर्शन गरेका हुन । उनीहरूले दलितलाई समान अवसर नभएको भन्दै विभिन्न नारा समेत लगाएका थिए ।