
काठमाण्डु २९ भदौ– आज शनिबार दिउँसो काठमाण्डुको कुपण्डोलमा सडक फुटेर पानी बगेको छ । कुपण्डोलबाट पुल्चोतर्फ जाँदा होटल हिमालय अगाडिको सडक फुटेर पानी निस्केको छ ।
सडकबाट पानी निस्कदा गाडी तथा मोटरसाइकल चालक र सडक छेउका व्यापारीहरु समस्यामा परेको प्रहरीले जानकारी दिएको छ । उक्त पानी ढल फुटेर हो वा मेलम्ची आयोजनाको पाइप फुटेर सडकमा निस्केको अनुमान छ ।
पानी निस्किएका कारण सडक नै भासिएको पनि प्रहरीले जानकारी दिएको छ ।