
काठमाण्डु २८ भदौ– हेमन्त पाल युथ प्लेयर अफ दि इयर बन्न सफल भएका छन । आज शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोटर्स् अवार्डमा भारोत्तोलनका पालले युवा वर्ष खेलाडीको अवार्ड प्रप्त गर्न सफल भएका हुन ।
उनले भारतमा भएको एसियाली जुनियर भारोत्तोलनमा तीन कांस्य पदक प्रप्त गर्न सफल भएका थिए । यो अवार्डका लागि उनीसँगै क्रिकेटर अर्जुन कुमाल, टेबल टेनिसका सुजन बडाल, फुटबलकी प्रिति राई, टेनिसकी सुनिता थापा मनोनयन भएका थिए ।