एमालेको वार्षिक कार्ययोजना पास, हरेक सदस्यले वर्षमा एक पटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १७:२१ मा प्रकाशित

काठमाण्डु २८ भदौ– एमालेको बर्षीक कार्ययोजना पास भएको छ । जस अनुसार एमालेले जिल्ला कमिटीहरुको अधिवेशन कात्तिक मसान्तभित्र गरिसक्ने भएको छ ।

आज शुक्रबार बसेको सचिवालय बैठकले वार्षिक कार्ययोजना पास गरेको हो, जसमा जिल्ला कमिटीको अधिवेशनहरु कात्तिकभित्र गरिसक्ने उल्लेख छ ।

महासचिव शंकर पोखरेलका अनुसार सबै तहको अधिवेशन मंसिरभित्र गरिसक्ने कार्ययोजना रहेको छ । पार्टीमा आएका नेताहरुलाई ३ महिनाभित्र जिम्मेवारी दिने, हरेक सदस्यले वर्षमा एक पटक पार्टी स्कुलमा सहभागी हुनुपर्ने पनि कार्ययोजनामा उल्लेख गरीएको छ ।

०८४ को चुनावमा बहुमतसहित राष्ट्रिय शक्ति बन्ने लक्ष्य दिएको एमालेले ४० वर्ष मुनिका युवाहरुकको युथ समिट गर्ने निर्णय समेत गरेको एमालेका एक नेताले जानकारी दिएका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us