करातेका कुशल बने वर्षको उत्कृष्ट प्रशिक्षक

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १७:१५ मा प्रकाशित

काठमाण्डु २८ भदौ– करातेका कुशल श्रेष्ठ वर्षको उत्कृष्ट प्रशिक्षक बन्न सफल भएका छन ।

आज शुक्रबार नेपाल खेलकुद पत्रकार मञ्चले गरेको पल्सर स्पोर्टस् अवार्डमा १९औं एसियाली खेलकुदमा नेपाललाई रजत जिताउने प्रशिक्षक श्रेष्ठले प्लेयर अफ दि कोचको अवार्ड दिइएको हो ।

यो अवार्डका लागि श्रेष्ठसँगै राष्ट्रिय क्रिकेट टिमका प्रशिक्षक मोन्टी देशाई, कबड्डीकी पार्वती राई, पारा ओलम्पिकका कबिराज नेगी लामा, भारत्तोलनका प्रशिक्षक संजय महर्जन पनि मनोनयन भएका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us