काठमाण्डु २८ भदौ– प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले उपसभामुख इन्दिरा रानालाई हटाउन खोजिए प्रतिवाद गर्ने तयारी गरेको छ । आज शुक्रबार बसेको पार्टी संसदीय दलको सिंहदरबारमा बसेको बैठकले उपसभामुखलाई हटाउन खोजिए प्रतिवाद गर्ने निर्णय गरेको माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए ।
उनले भने, ‘उपसभामुखको बिषयमा हामीले कुरा आउनेबित्तिकै सशक्त ढंगले प्रतिवाद गरेकै छौं’ ‘उपसभामुखबाट केही कमजोरी भएकै लाग्छ हामीलाई पनि ।
सम्मानित पदमा बसेको मान्छेले लेटरहेड प्रयोग गर्दा विचार गर्नेपर्छ। तर, अहिलेको कुरा होइन । अहिले जसरी आयो त्यो बेठिक छ। त्यसैले उपसभामुखलाई हटाउने कुरा आयो भने प्रतिवाद गर्ने छौं ।’