भोटेकोसीमा गाडी खसेको आशङ्का, खोजीकार्य जारी

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १७:०१ मा प्रकाशित

काठमाण्डु २८ भदौ– सिन्धुपाल्चोकस्थित भोटेकोसी नदीमा गाडी खसेको आशङ्कामा खोजी कार्य सुरु गरीएको छ । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका– ६ वोर्डरलाईनमा गाडी खसेको सर्वसाधारणले प्रहरीलाई जानकारी गराएका थिए ।

त्यसपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी खोजी कार्यमा जुटेको सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका छन ।

उनले भने, ‘चार पाङ्ग्रे गाडी खसेको आशङ्का छ, टायरजस्तो देखिन्छ तर नदीको बहाव बढेकाले यकिन गर्न सकिएको छैन, ‘हाम्रो प्रयास जारी नै छ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us