काठमाण्डु २८ भदौ– सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरेको छ ।
आज शुक्रबार बैठक बसेर प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी भइरहेको समिति सभापति सूर्य थापाले जानकारी दिएका छन । उनले भने, ‘शुक्रबार अपरान्ह ४ बजे गृहमन्त्री रमेश लेखकसँग छलफल गर्दैछौं , ‘आजै छलफल टुंग्याएर प्रतिवदनलाई अन्तिम रूप दिने कार्य हुन्छ ।’ गृहमन्त्री लेखक, गृह सचिव र प्रहरी प्रमुख सहितलाई समितिमा आमन्त्रित गरी छलफल गर्न लागिएको बताएका छन ।
सहकारी ठगीका फरार प्रतिवादीहरूलाई स्वदेश झिकाउने विषयमा भइरहेको प्रगतिबारे समितिले ब्रिफिङ लिने र आवश्यक निर्देशन दिने उनले जानकारी दिएका छन ।
समितिको १३ साउनमा बसेको बैठकले सहकारी ठगीका फरार प्रतिवादीलाई स्वदेश झिकाउन समितिले निर्देशन दिएको थियो ।