साढे २ बजेका लागि सर्‍यो एमाले सचिवालय बैठक

काठमाण्डु टुडे २०८१ भदौ २८ गते १४:३४ मा प्रकाशित

काठमाण्डु २८ भदौ– एमालेको आज बस्ने भनिएको सचिवालय बैठक साढे २ बजेसम्मका लागि सरेको छ । एमाले मुख्यालय च्यासलमा दिउँसो १ बजेका लागि डाकिएको बैठक साढे २ बजेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिएका छन ।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको व्यस्तताका कारण बैठक सारिएको उनले जानकारी दिएका छन । पार्टीको वार्षिक कार्ययोजना र समसामयिक राजनितिक विषयमा बैठकमा छलफल हुने उनले जानकारी दिएका छन ।

यही भदौ १८ र १९ गते बसेको पार्टीको पोलिटब्यूरो बैठकले कार्ययोजनाको टुङ्गो सचिवालय बैठकलाई दिएको थियो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us