सुन तस्करीमा ‘प्रचण्ड’ नेतृत्वको सरकारले इतिहास रचेको छ : गिरी

काठमाण्डु टुडे २०८१ भदौ १३ गते १७:२४ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– पूर्व मन्त्री एवं एमाले सांसद पदम गिरीले सुन तस्करीमा निष्पक्ष छानबिन भएको भए माओवादी केन्द्रका धेरै नेता अहिले जेलमा हुने दाबी गरेका छन । आज बिहीबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद गिरीले यस्तो बताएका हुन ।

उनले सुन तस्करीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वको सरकारले इतिहास रचेको पनि बताएका छन । उनले भने, ‘पारदर्शी ढङ्गबाट छानबिन भएको भए सायद तपाइको पार्टीको हेडक्वाटरमा कोही बाँकी रहँदैन थिए ।

सबै जेलको छिडिमा हुन्थे ।’ गिरीले पूर्वप्रधानमन्त्री प्रचण्डले सुशासन‚ भ्रष्टाचार विरोधी गफ दिन नमिल्ने बताए । उनले भने, ‘बिना कारण सुनिल शर्मा जस्ता सांसद पक्रने अस्पतालका डाक्टर पक्रने काम गरेको हैन ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us