गगनले भने: ९ मिनेटमा चट भन्नेले ९ घण्टा बयान दिएको हैन १ फैसला आउने दिन औँला भाँचेर गनौँ

काठमाण्डु टुडे २०८१ भदौ १३ गते १६:५३ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– कांग्रेसका महामन्त्री गगन थापाले पूर्व उपपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रमाण खोइ भन्नेलाई फैसला आउने दिन गनेर बस्न सुझाव दिएका छन् । आज बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले यस्तो बताएका हुन ।

उनले रास्वपा सांसदहरूलाई आफूसँग भएको तथ्य प्रमाण समितिमा पुगिसकेको जानकारी दिएका छन । उनले भने, ‘प्रमाण खोइ, प्रमाण खोइ भनेर खोजेको पाए तथ्य प्रमाण भएरै होला संसदीय समिति बनाएका छौँ ।

हामीसँग भएको तथ्य प्रमाणित पुग्थेन होला समितिमा‚ ‘९ मिनेटमा चट भनेकोमा ९ घण्टासम्म बयान दिनुपरेको तथ्य प्रमाणले आएको हैन होला । मलाइ समितिमा पूरा विश्वास छ ।’

उनले बयान दिँदैमा सबै विषय सम्पन्न भईनसकेको भन्दै थपे‚ ‘साथीहरू झुक्किनुभयो कि भन्ने लागेको छ बयान हो बयान सफाइ हैन फैसला आउन बाँकी छ । फैसला कुरेर बसेको छु ।’

उनले फैसला आउने दिन गनेर बस्न अनुरोध गर्दै भने‚ ‘दिन गनौँ‚औला भाँचेर गनौँ‚लेखेर गनौँ खरीले गनौँ मसीले गनौँ । फैसला आउने दिन गनौँ ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us