काठमाण्डु, १३ भदौ– राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप (टीआरसी) विधेयक प्रमाणित गरेका छन ।
आज बिहिबार संघीय संसदको दुबै सदनबाट पारित भएको विधेयक राष्ट्रपति पौडेलले बिहीबार प्रमाणीकरण गरेका हुन् । यससँगै अब दुबै आयोगमा पदाधिकारी नियुक्तिका लागि बाटो खुलेको छ ।