एकीकृत समाजवादीको ८४ सदस्यीय पोलिट्ब्युरो निर्वाचित, रामकुमारीले पनि जितिन्

काठमाण्डु टुडे २०८१ भदौ १३ गते ७:५८ मा प्रकाशित

काठमाण्डु, १३ भदौ– एकीकृत समाजवादीमा ८४ सदस्यीय पोलिटव्युरो समिति निर्वाचित भएको छ ।

बुधबार पदाधिकारी चयन गरेको समाजवादीले बिहीबार बिहान पोलिटब्युरो सदस्यको निर्वाचन परिणाम सार्वजनिक भएको गरेको हो ।

पोलिटब्युरो सदस्यमा विरोध खतिवडासँगै जीवनराम श्रेष्ठ, रमा आलेमगर, रामकुमारी झाँक्री, रामचन्द्र झा, कल्याणीकुमारी खड्का, विजयकुमार पौडेल, केशवलाल श्रेष्ठ, रामकुमार ज्ञवाली, भवानीप्रसाद खापुङ्ग, वंशीधर मिश्र, विजय सुब्बा, उर्वादत्त पन्त, निरादेवी जैरु, नागेन्द्रप्रसाद चौधरी, अम्मरबहादुर थापा, बलराम प्रसाद बास्कोटा, शत्रुधन महतो, दिलकुमारी पन्त, सुदेश पराजुली, श्रीप्रसाद साह, अशेष घिमिरे, लक्ष्मण केसी, मोहन गौतम, प्रेमलकुमार खनाल, विश्वनाथ प्याकुरेल, लक्ष्मण लम्साल, धनराज आचार्य, पासाङ शेर्पा, चुनकुमारी चौधरी, मनु सिग्देल, राजेन्द्रप्रकाश लोहनी, रामचन्द्र यादव, हरि पराजुली, अशोक कोइराला, गौतम राई, साध्यबहादुर भण्डारी, कृष्णलाल महर्जन, नरेशकुमार शाही, सुधीरप्रसाद साह, हस्तबहादुर शाही, गुरुप्रसाद बुर्लाकोटी, अब्दुल हुसेन खाँ, लक्ष्मण पौडेल, हिक्मतबहादुर शाही, वसन्तप्रसाद मानन्धर, मिना ज्ञवाली, दुर्गा परियार लगायत छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us