काठमाण्डु, १२ भदौ– कांग्रेसका सांसद अर्जुननरसिंह केसीले भ्रष्टाचार मुद्दामा ५ वर्षे हदम्यादमा विरोध जनाएका छन । उनले हदम्याद सहितको आएको विधेयक के को लागि ल्याइएको भन्दै विरोध गरेका हुन ।
आज बुधबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले यस्तो विधेयक के का लागि ल्याइएको भन्दै प्रश्न पनि गरेका छन ।
उनले भने, ‘लोकतन्त्रको निम्ति सुशासन सामाजिक न्याय वा विकास निम्ति ल्याइएको हो भन्दा केवल भ्रष्टाचारबाट उन्मुक्ति दिने त्यसलाई प्रोत्साहन दिन ?’ ।
उनले वर्तमान गठबन्धनको सरकार सुशासन‚दण्ड विहीनता र भ्रष्टाचार विरोधी छ भने तत्काल विधेयक फिर्ता लिनुपर्ने बताए । ‘सक्दैन भने यो सदनलाई विवेकको मत दिने व्यवस्था प्रारम्भ गरियोस्‚’ उनले भने ।
उनले देशमा भ्रष्टाचारलाई संरक्षण गर्ने प्रवृत्ति उन्मुलन गर्ने हो भने सदनमा अहिलेसम्म चर्चित भ्रष्टाचार काण्डहरूको छानबिन गर्न प्रधानन्यायाधीशको नेतृत्वमा न्यायिक आयोग गठन गर्नूपर्ने पनि बताएका छन ।