पदीय मर्यादा धान्न नसक्नेलाई राजदूत सिफारिस गरेको भन्दै सांसद श्रेष्ठको विरोध

काठमाण्डु टुडे २०८१ भदौ १२ गते १३:५७ मा प्रकाशित

काठमाण्डु, १२ भदौ– रष्ट्रिय स्वतन्त्र पार्टीका संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले पदीय मर्यादा धान्न नसक्ने व्यक्तिलाई राजदूत नियुक्तिका कारण नेपालको छवि अन्तर्राष्ट्रिय समुदायमा गिरेको भन्दै आपति व्यक्त गरेका छन ।

आज बुधबारको प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएका हुन । उनले अस्थिर राजनीतिले देशको छवि खस्किएको र सरकार परिवर्तनको प्रभाव राजदूत नियुक्तिमा देखिनु दुःखद भएको पनि बताए ।

श्रेष्ठले राजदूत नियुक्ति निर्देशिका २०७५ पालना नगरी राजदूत नियुक्ति गर्दा त्यस्तो भएको पनि बताएका छन । उनले भने, ‘राजदूत लामो समय नियुक्त भएन ।

दुइ ठूला दल मिलेर सरकार बनेपनि राजदूत नियुक्ति ढिलाइ किन भएको हो रु भागवण्डाले हो ?’। सांसद श्रेष्ठले राजदूत पद राजनीतिक भर्तिक केन्द्र नभएको भन्दै राजदूत दलको हुन्छ देशको भन्ने प्रश्न गरेका छन ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us