बागमती प्रदेशको मन्त्री क्वाटरमा आगलागी

काठमाण्डु टुडे २०८१ भदौ ९ गते २२:०९ मा प्रकाशित

हेटौंडा,९ भदौ हेटौंडा उपमहानगरपालिका९९ लामसुरेस्थित मन्त्री क्वाटरमा आगलागी भएको छ ।

बागमती प्रदेशका संस्कृति पर्यटन तथा सहकारी मन्त्री बिमल ठकुरीको क्वाटरको माथिल्लो तलाको सभाहलमा आगलागि भएको छ ।

मकवानपुर जिल्लाका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले बिजुलीको तार सट भई अचानक आगलागी भएको जानकारी दीए ।
प्रनाउ भण्डारीले दमकल र प्रहरीको टोलीले आगलागी पूर्ण रूपमा नियन्त्रणमा लिइ सकेको बताएका छन ।

इन्भर्टरको ब्याट्री ४ थान, ब्याट्री पावर सप्लाई १ थान, वाइफाई राउटर १ थान, कार्पेट९ गलैचा १ थान, जिप्सन १०र५ को आगलागीबाट पुर्णरुपमा क्षति भएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us