साफ यू–२० च्याम्पियनसिपः पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल फाइनलमा
काठमाण्डु टुडे २०८१ भदौ ९ गते १७:२९ मा प्रकाशित
काठमाण्डु, ९ भदौ– नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा प्रवेश गर्न सफल भएको हो ।
निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।