युवतीद्वारा माइतीघर मण्डलामा आत्महत्या प्रयास

काठमाण्डु टुडे २०८१ साउन २६ गते २०:१३ मा प्रकाशित

काठमाण्डु, २६ साउन– लिभिङ टुगेदरमा बसेका युवकले विवाह गर्न इन्कार गरेको भन्दै एक युवतीले काठमाण्डुको माइतीघर मण्डलामा हत्महत्या प्रयास गरेकी छन् ।
जुम्लाकी सहारा शाहीले आत्महत्या प्रयास गरेको प्रहरीले जनाएको छ । शाही शनिबार हामफालेर आत्महत्या गर्ने उद्धेश्यले पोलबाट हाम्फाल्ने प्रयास स्वरुप माइतीघरस्थित राष्ट्रिय झण्डा राखेको पोलमा चढेकी थिइन् ।

आफूसँग दुई वर्षसम्म लिभिङ टुगेदरमा बसेको युवकले धोका दिएकाले आत्महत्याको बाटो रोजेको उनले बताएकी छन् । युवकले विवाह गर्न नमानेको भन्दै ३५ दिनदेखि शाही धर्नामा थिइन् ।

प्रहरीले उनले आत्महत्या गर्न खोजेको ठानेर तत्काल पोलबाट ओरालेको थियो । यसअघि आरती रावल नाम गरेकी युवतीले पनि सोही पोलबाट हामफालेर आत्महत्या गर्न खोजेकी थिइन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us