इटहरी, २६ साउन– सुनसरीको इटहरीमा काकाले नाबालक भतिजीको क्रुरतापूर्वक हत्या गरेका छन् ।
इटहरी उपमहानगरपालिका–५ का शालिग्राम लुइँटेलले डेढ वर्षीया भतिजी आइन्सुको ब्लेडले चिरेर क्रूरतापूर्वक हत्या गरेका हुन् । प्रहरीका अनुसार शालिग्रामले भतिजीको घाँटी र टाउकोमा ब्लेडले गहिरो चोट लाग्ने गरी चिरेका थिए ।
प्रहरीले शालिग्रामलाई घटनास्थलबाटै नियन्त्रणमा लिएको छ । पारिवारिक श्रोतका अनुसार शालिग्राम केही वर्षदेखि डिप्रेसनको औषधि सेवन गरिरहेका थिए ।